Showing posts with label poems. Show all posts
Showing posts with label poems. Show all posts

Saturday, April 8, 2017

Samay ek mulyankan

समय- एक मूल्याकँन

म सानो उमेरको हूँदा
संसार धेरै ठूलो हुने गर्दथियो,
मलाई थहा छ,
मेरो घरदेखि स्कूल जाने बाटो भरि
के के चाहीँ थिएन
चानावाला बाजे
लाल फेटेको स्विट्स बन
लम्बुको पप....सुरेशको चिया दोकान
सबै सबै थियो।
अहिले त्यहा मोबाईलको दोकान
पार्लर, वेकरी, रेस्तराँ.... छन्
र पनि सुनसान छ
भौतिक्ता त छ
साँघुरिएको छ आत्मितता।

म सानो छँदा
साझ साच्चै लामो हुने गर्दथियो
प्लास्टिकको गोली लिएर पिट्टू मार्थियौ
टोल खेल्थियौ, ड्याउ ड्याउ खेल्थियौ
थाकेर चूर भइन्थियौ प्रतेक साझ।
अहिले साझ पर्दैन
दिन डल्छ अनि सोझै रात परिहाल्छ
फाँटिलो त छ बेला
साघुरिएको छ समय।

मेरो उमेर सानो हुँदा
मितेरी साच्चै ज्यानै दिने
गहिरो हुँदथियो
दिनभरि हूल बाँधेर खेल्ने
साथीहरुकै घरमा खाने/बस्ने
एकै साथ हास्ने रूने गरिन्थियो।
अहिले पनि कयौं साथीहरू छन
मितेरी भने कोशौ टाढा छ
कहिले कहिं बाटामा भेट भए
हाइ गरि आफ्नो ब्यसत्तामा भाग्दछन
दशै तिहार नव वर्षमा
शुभकामनाको एस एम एस पठाईन्छ
गहराई त छ मितेरीमा
परिवर्तित छ साईनो।

जीवनको सबै भन्दा सत्य यही हो
सानो छँदाको खेल अब
ईन्टरनेटमा व्यस्त भएको छ
समय कहाँ छ म संग
जीवन-समय साह्रै   छोटिएको छ
हिजका कुनै अस्तिव छैन
अनि भोली केवल सपना मात्तै हो
रहयो वर्तमान
स्वपनःचक्र संसारमा
जीवन समृधिको कोसिशमा
हामी मात्रै दौडिरहेका छौ
आफ्नै जीन्दगी संग आफै टाडिरहेका छौ
अब केहि न्युनता ल्याउनु छ
मेरो रफ्तारमा
मेरो जीनदगी जीउनको निम्ती
भरपुर आनन्द लिनको निमती।।

नविन लामिछाने
गान्तोक