Sunday, August 2, 2015

निर्झारिणीको जीवन्त सङ्गीत पनि हो मेरो कविता

उतौला देखिने,

सागरका छालहरुका,

उत्तेजना मात्र होइन,
चंचलता पछिको,
क्रन्दन पनि हो-मेरो कविता।

सौन्दर्यको चुचुरा,
उत्तेजनाको आयतनमा,
आनन्द-चेतनाको,
उपमा दिने,
कामवेद्को प्रणय ऋचा मात्र होइन,
जीवन मरु भूमिमा,
प्राणीको पनि पानीसंग,
अनि पानीको प्राणीसंगको
स्नेह र आत्मियतापनि हो मेरो कविता।

यूद्ध सत्य युगको,
कलि युगमा,
देव-दानवको,
सागर-मन्थनबाट निस्किएको,
अमृत मात्र होइन,
संसार संहार गर्नसक्ने,
विषको थुप्रो पनि हो - मेरो कविता। 

आकाश छुने बुट्टेदार,
अट्टालिका इमारतहरुका,
सौन्दर्य मात्र होइन,
निर्माण गर्ने त्यी काला हातहरुका,
रगत र पसीना पनि हो - मेरो कविता। 

जंगली साम्राज्यको शिखरमा,
भैरवक्रीडामा ब्यस्त,
यसको ज्वलन्त निरुपण अनि 
क्रिडामा पराजित ,
यसकोअनुचित भूलको,
समुचित दोषको,
आभास पनि हो - मेरो कविता। 

सुनौला धानका बाला,
लह लह लहरिरहेका,
खेतको मलिलोपन मात्र होइन ,
त्यी बाँझा धरतीका ,
दुख-समवेदना पनि हो - मेरो कविता,

त्यसो त !
ज्योत्सनाको कुतकुत्याईले,
लहर-लहर उल्लासित हुँदै झर्ने,
निर्झरिणीको जीवन्त सङ्गीत पनि हो- मेरो कविता।।







Friday, July 31, 2015

मुल्यवान तश्वीर Priceless Picture

     गरीब प्रतिका सहानुभूति, 
भण्डारका तिम्रा ती सम्पति, 
हृदय भरिका व्यङ्ग रस्, 
तिम्रा ति उतारिएका तश्वीर
नांगा भोका अनि मुल्यहीन सम्प्रतिको........ 
तिम्रा कृति यो तश्वीर .... 
अब मुल्यवान भो हजारों रुपियाँमा बिक्रि हुने भो ....... 



तस्विरका विषय 
वस्तु हिज जस्तै आज पनि यस्तैनै रहने भो........ 
कति दृष्टिमधुर तिमीले उतारेको यो तश्वीर, 
मानव आकृति जस्तै
हाड र छालाको विषम प्रदर्शन, 
आफ्नो सन्तानको अवस्था त बेश्सै छ, 
पोष्टिक आहारले भरपुर छ खान्की, 
परिष्कार एवं समय सापेक्ष छ पोशाक...... 
सबै...सबै.. त्यो तश्वीरको भन्दा बड़िया छ. 
तश्वीरको मोडेलको त के मूल्य छ 


न दिनहुँ खान पाईराखेको छ न कपडानै छ ढङ्गको,

यो त तिम्रो कला हो 

कस्तो दामी पोज पारेर उतारेको तश्वीर... 
अब मुल्यवानभो हजारो रुपियाँमा बिक्रि हुने भो......

Wednesday, July 15, 2015

मन मेरो फेरी

बितेका दिनहरु फेरि फर्कि आउने भए,
वालापनलाई यो मनले रोज्दथ्यो,
दुखिरहेको यो मन यस्तो पीडाले
माया गरेर कसैले कसरी रुवाउने थियो ।

पाईहाल्थ्यो माया चाहना मात्रगर्दा,
के को डर रहन्थ्यो कसैको ठुसकाईमा,
तब हरेकले मनलाईनै मुसार्थ्यो,
मायामा कसैले कसरी झुकाउने थियो।

जब आरामको निन्द्रा सुतेको हुन्थे,
तब फेरी सपनामा डराउदथे,         
आमाको पछ्यौरीले फेरी सुताउथ्यो
मायामा कसैले कसरी झुकाउने थियो।

यदि फेरी म बच्चा हुन्थे
मायाको विषय नबुझ्ने हुनेथे
भावनालाई कसैले कसरी चोट पुर्याउथियो
मायामा कसैले कसरी झुकाउने थियो।